साउदी प्रो–लिगमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको अल नासरले अल–कादसियाविरुद्ध २–१ गोल अन्तरले पराजित भएको छ ।
बिहिवार राति सम्पन्न खेलमा ५१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै अल–कादसियालाई सुरुवाती अग्रता दिलाए । ६६औं मिनेटमा नाहिटान नान्देजले अल–कादसियाको अग्रता दोब्बर पारे ।
खेलको ८१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल फर्काए पनि अल-नासरको हार टार्न सकेनन् ।
यो हारपछि अल–नासर ३१ अंकसहित लिग तालिकामा शीर्ष स्थानको अल–हिलालभन्दा ४ अंकले पछाडि परेको छ । जारी लिगमा अल-नासरको यो लगातार दोस्रो हार हो । अल कादसिया २७ अंकसहित चौथो स्थानमा छ ।
