गछिया (मोरङ) । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपको उपाधि राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीले जितेको छ ।

गछिया खेल मैदानमा सोमबार भएको फाइनल खेलमा गाईघाट युनाइटेड, गाईघाट,उदयपुरलाई १-० ले स्तब्ध बनाउँदै पराजित गर्दै राष्ट्रिय जागृतिले उपाधि हात पारेको हो ।

राष्ट्रिय जागृतिले उपाधिसँगै नगद २ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता गाईघाटले १ लाख एक हजार रुपैयाँमा चित्त बुझायो ।

राष्ट्रिय जागृतिको जितमा प्रवेश बस्नेतले दोस्रो हाफको आठौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच पनि प्रवेश नै भए । उनले नगद पाँच हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राष्ट्रिय जागृतिका विश्वास चौधरी, उत्कृष्ट डिफेन्डर राष्ट्रिय जागृतिकै मनिन्द्र याख्खा, उत्कृष्ट मिडफिल्डर गाईघाटका बिबेक राई, उत्कृष्ट प्रशिक्षक राष्ट्रिय जागृतिका बिमल मगर, उदीयमान खेलाडी आयोजक गछिया युवा समाजका शिब राई र सार्वधिक गोलकर्ता आयोजक गछिया युवा समाजकै प्रदिप बुढाथोकी भए । उत्कृष्ट हुने सबैले जनही ११-११ हजार रुपैयाँ र ट्रफी हात पारेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय जागृतिका प्रवेश दनुवार घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

गछिया युवा समाजको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोलीको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *