अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आज (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगमा सहभागी हुने १७ क्लब र एन्फाबीच भएको बैठकबाट विजेता टोलीले ५० लाख रुपैयाँ पाउने सहमति भएको हो ।

आगामी पुस २५ गते शुरु भई तीन महिनासम्म चल्ने प्रतियोगिताको उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्न एन्फाले जनाएको छ । यस्तै, एन्फाले सहभागी क्लबलाई तयारी स्वरुप समान १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

साथै, हेटौंडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौं उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप रु २ लाख र काठमाडौं उपत्यका क्लबलाई रु १ लाख प्रदान गरिनेछ ।

त्यस्तै, क्लबहरूले खेलाडी दर्ता पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *