नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपाल मै पहिलोपटक आयोजना भएको राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता आज सम्पन्न भएको छ ।
सुन्दरीजलदेखि गोर्कर्ण स्थित द स्केटल्याण्ड स्केटपार्क सम्मको ५ किलोमिटर दुरीको सो प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अधक्ष्य जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिजाल र नेपाल नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघका अधक्ष्य अच्युत खनालले सयौं स्केटर (खेलाडी) को सहभागिताका साथ भब्य रुपमा उद्घाटन गरेका थिए ।
नेपालमै पहिलो पटक आयोजना भएको सो प्रतियोगितामा महिला पुरुष गरि करिब २०० जना स्वदेशी तथा बिदेशी खेलाडी हरुले सहभागिता जनाएका थिए । यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खेलाइएको थियो ।
सो प्रतियोगिताको महिलातर्फ निमिशा पाख्रिन प्रथम, मोनिका मगर दित्तीय र सिवानी रेग्मी तृतीय भए, र पुरुष तर्फ साम्देन ग्याल्बो शेर्पा प्रथम, अनिश गुरुङ दित्तीय र सफल थापा तृतीय भएको प्रमुख प्रशिक्षक दिलिपराज बरालले बताए ।
उक्त प्रतियोगिता अन्तर्गत प्रथम दित्तीय र तृतीय हुनेलाई नेपाल ओलम्पिक कमिटी का अध्यक्ष जीवन राम श्रेष्ठ, गोकर्णेश्वर नगर पालिका का मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिंग तथा स्केटबोर्डिंग संघ का अध्यक्ष अच्युत खनालले संयुक्त रुपमा रू. पचास हज़ार, तिस हजार, पन्ध्र हजार नगद, ट्रफी र प्रमाणपत्र, प्रदान गरे ।
