स्केटिङ टोली माल्दिभ्स जाँदै

२०८२, १६ भाद्र सोमबार २०:२१

काठमाडौँ । अन्तर्राष्ट्रिय स्केटिङ सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ ।

सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, समिरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराई सहभागी हुने छन् ।

अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । हेड कोच दिलिपराज बराल पनि समापन समारोहमा सहभागी हुन माल्दिभ्स जाने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *