सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ११औं अल इन्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।
जनवरी ५ देखि २१ सम्म सिक्किमको जोरेथाङ स्थित जोरेथाङ फुटबल रंगशालामा हुने प्रतियोगितामा चर्च ब्वाईजले भने सिधै क्वाटरफाइनल खेल्नेछ । अर्थात चर्च ब्वाइजले जनवरी १४ मा सेमिफाइनल प्रवेशका लागि खेल्ने छ ।
प्रतियोगितामा चर्चित आई लिग क्लबहरु नेरोका फुटबल क्लब, सुदेवा दिल्ली फुटबल क्लब जस्ता टोलीहरुको पनि सहभागिता रहेको छ ।
खेल तालिका

