काष्ठमण्डप क्वाटरफाइनलमा

२०८२, २७ मंसिर शुक्रबार १७:५२

आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५-६ ले पराजित गर्‍यो । इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२-६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो । समूह चरणको अर्को खेलमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४-८ ले पाखा लगायो ।

ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को-एडलाई ४७-२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१-७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।

फुटसलको जुनियर ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलले इम्पिरियल वल्र्डलाई २-० गोलले पराजित गर्‍यो । ग्यालेक्सी र काठमाडौं प्रज्ञाकुञ्जले १-१ तथा इम्पिरियल र प्रज्ञाकुञ्जले गोलरहित बराबरी खेले ।

गल्र्समा न्यु मिलिनियमले काष्ठमण्डप ‘ए’ लाई २-१, रातो बंगलाले न्यु मिलिनियमलाई ५-०, एभीएमले पुष्पपाञ्जलीलाई १-० र एभीएमले काष्ठमण्डप ‘बी’ लाई ४-० गोलले हराए । रातो बंगला र ग्यालेक्सीले गोलरहित बराबरी खेले । सिनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ ले ग्यालेक्सीलाई ४-१ गोलअन्तरले पाखा लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *