दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजबाट प्लेअफका खेल शूरू हुँदैछ । 

आज हुने पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो ४ बजे शुरू हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपराह्न ४ बजेदेखि शुरु हुनेछ ।

सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन राईनोज र लुम्बिनी लायन्ससँग पराजित भएको हो ।

आज जित्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिमले लुम्विनी लायन्स र काठमाण्डु गोर्खाज बीचको इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *