विराटनगर । प्याब्सन प्रेसिडेन्ट कप यु-१५ फुटबल प्रतियोगिताको उपाधी मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको जुटमिल खेल मैदानमा भएको फाइनल खेलमा ग्रेडेड स्कुललाई ट्राईबेकरमा ५- ४ गोल अन्तरले पराजित गर्दै मोर्डनएराले उपाधि हात पारेको हो।

निर्धारित समय सम्म दुबै टिमले १-१ गोल गरी बराबरी भएपछि खेल ट्राईबेकरमा गरिएको थियो । खेलको म्यान अफ द म्याच मोर्डनएराका सुसान्त रोईला भएका थिए ।

त्यसैगरि बेष्ट डिफेन्डर ग्रेडेडका निखिल टुडु, बेस्ट गोलकिपर ग्रेडेडकै तारानाथ पोखरेल, बेस्ट कोच मोर्डनएराका संन्जिव भट्टराई, हाई स्कोरर मोर्डनएराका रोसिक राई, प्लेयर अफ द टुर्नामेन्ट ग्रेडेडका सृजन श्रेष्ठ, फेयर प्लेयर गोदावारिका आर्यान निरौला भएका छन् ।

मंसिर २५ देखि पुस १ गतेसम्म सञ्चालित प्रतियोगितामा विराटनगर भरिका २४ विद्यालयहरुको सहभागिता रहेको कार्यक्रम संयोजक दिनेश ढुंगानाले बताए । स्वास्थ्यका लागि खेलकुद र राष्टको लागि खेलकुद भन्ने नारासहित प्याब्सनले हरेक बर्ष यु-१५ फुटवल प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, जिल्ला उपाध्यक्ष विष्णु डंगोल, महानगर अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष असोक लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *