सुनसरी । दोस्रो संस्करणको तरहरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि पानबारी फुटबल क्लब, धरान, सुनसरीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा केराबारी फुटबल क्लब, केराबारी, मोरङलाई १-० ले स्तब्ध बनाउँँदै पानबारी विजेता भएको हो ।

उपाधि विजेता पानबारीले नगद एक लाख ११ हजार १११ सहित च्याम्पियनको ट्रफी हात पारेको छ । यस्तै केराबारीले उपविजेता बन्दै ५५ हजार ५ सय ५५ सहित ट्रफी प्राप्त गरेको छ ।

खेलको पहिलो हाफको २४औं मिनेटमा सन्तोष न्यौपानेले गरेको गोल निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच पनि सन्तोष नै घोषित भए । उनले नगद २५०० र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पानबारीका मिजास लिम्बु घोषित भए । उनले नगद ३१ सयसहित ट्रफी प्राप्त गरेका छन् । पानबारीका बिपुल मगर उत्कृष्ट गोलरक्षक, पानबरी कै अमित गजमेर उत्कृष्ट डिफेन्डर, केराबारीका प्रबेश बस्नेत उत्कृष्ट मिडफिल्डर र पानबारीका उत्कृष्ट प्रशिक्षक सुकराज लिम्बु घोषित भए । उनीहरूले जनही ३१ सय नगद र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको उदयमान खेलाडी आयोजक योङ ब्याईज फुटबल क्लबका काली बहादुर थापा घोषित हुँदै नगद २१ सय र ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिता अवधिभर समान २ गोल गरेका पानबारी फुटबल क्लबका अर्जुन लिम्बु आर.आई.एफ.सी. का सक्षम श्रेष्ठ र खारखोला फुटबल क्लबका आकाश राई सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरूले जनही एक हजार नगद प्राप्त गरे ।

समापन कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं २० का अध्यक्ष मणी राम श्रेष्ठ लगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्डकप, सिल्ड तथा प्रमाणपत्र वितरण गरे । योङ ब्वाईज फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल आठ टोलीको सहभगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *