विराटनगर । एबी फाइब एफसीले लगातार दोस्रो पटक विराटनगर फुटसल लिगको उपाधि जितेको छ ।

आइतबार विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनलमा अन्नपूर्ण एफसीमाथि ७–१ गोलको फराकिलो अन्तरले जित निकाल्दै एबी फाइब च्याम्पियन बनेको हो ।

एबी फाइबले उपाधिसँगै नगद ४५ हजार रुपैयाँ सहित आकर्षक ट्रफी हात पारेको छ । यता पहिलो पटक फाइनल पुगेर उप-विजेतामा सिमित बनेको अन्नपूर्ण एफसीले नगद २१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि स्टार बोइज एफसीका हिमेश पौडेलले हात पारे । यस्तै उप-विजेता अन्नपूर्ण एफसीका विशाल धामी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चुनिए ।

जेएनएल फुटसलको आयोजनामा भएको प्रतियोगितमा कुल ६ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *