काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ ।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४०-१५ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

गोल्डेनगेटका लागि एन्जल गुप्ताले सर्वाधिक १८ अंक स्कोर गरिन् । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भइन्। यस्तै आइतबारै तेस्रो स्थानको लागि भएको खेलमा ल्याण्डमार्क एकेडेमीले ब्लुबर्ड कलेजलाई २७-१७ ले हरायो । ल्याण्डमार्ककी अनिशा खत्रीले सर्वाधिक १२ अंक स्कोर गरिन् ।

प्रतियोगिताको विजेता गोल्डेनगेटले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै उपविजेता जेभियरले १५ हजार हात पार्‍यो । प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ ।

ग्रसारुटबाटै महिला बास्केटबल खेलाडीहरुको विकास गर्ने र प्रतिभा पहिचान गर्ने लक्ष्यसहित यस प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *