बेबी एन्जल र केभीसी ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा बेबी एन्जलले स्किब्सलाई ३२-२७ ले पराजित गर्यो।

बेबी एन्जलको जितमा यमन गिरीले १० अंक योगदान गरे । आरोनलाल श्रेष्ठको १२ अंक सहयोगमा केभीसीले पिपुल्स एकेडेमीलाई २५-१९ ले हरायो।

सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकले ओएसिसलाई ५४-२८ तथा पुष्पसदनले बाल दीक्षा सदनलाई ५३-३५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका नन्दन बस्नेतले १२ तथा पुष्पसदनका सम्राट लामाले २४ स्कोर गरे ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले पिपुल्सलाई २०-१३, केभीसीले नवीन ज्योतिलाई ११-७, विस्डमले कश्यपलाई १०-७र ग्रिनफिल्डले सेबलाई २५-९ ले पन्छ्याउदै सेमिफाइनलमा पुगे । इबीएका प्रसिक श्रेष्ठले ७, केभीसीका शेरसाङ शेर्पाले ४, कश्यपका निरजले ४ र ग्रिनफिल्डका अजय मगरले ६ अंक बटुले ।

सिनियर गर्ल्समा नवीन ज्योतिले जेसिसलाई १४-९, रेडियन्ट पब्लिकले राराहिललाई २१-१२, स्वर्णिमले ज्ञानोदयलाई २५-९ र केभीसीले निःसर्ग वाटिकालाई १८-९ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

नवीन ज्योतिकी मन्सुन पुरीले ९, रेडियन्टकी सोनु तामाङले ९, स्वर्णिमकी ओजस्वी बोहराले ८र केभीसीकी सिमरन पाण्डेले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *