काठमाडौँ । ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ओएसिसले न्यु जेनिथलाई ३२-२२ ले पराजित गर्यो । ओएसिसको जितमा भिजनले ९ अंक योगदान गरे । सुगम राना मगरको १२ अंक सहयोगमा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४७-२० को फराकिलो अन्तरले हरायो । राइजिङ स्टार विरुद्धको खेलमा स्किब्स २५-२४ को साँघरोअन्तरले विजयी भयो। स्किब्सका युनिक थापा मगरले ८ स्कोर गरे ।

स्युचाटारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै बाल दीक्षा सदनले रेडियन्ट रिडर्स एकेडेमीलाई २५-२२, बेबी एन्जलले निःसर्ग वाटिकालाई ४१-१७, पुष्पसदनले विस्डमलाई ३५-२०, पिपुल्स एकेडेमीले कश्यपलाई ३१-२० र केभीसीले सभ्यता पाठशालालाई ३२-१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

बाल दीक्षाका सइल महर्जनले २०, बेबी एन्जलका आर्यन नगरकोटीले १५, पुष्पसदनका सम्राट लामाले १३, पिपुल्सका वचन मगरले १४ र केभीसीका आरोनलाल श्रेष्ठले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *