काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन समूह चरणअन्तर्गत सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ४ र सिनियर गर्ल्समा २ गरी १४ खेल सम्पन्न भए ।

सिनियर ब्वाइजमा इभरेष्ट फ्लोरिडाले अल्बर्टलाई ४९-१४, काठमाडौं जेभियर्सले अक्षरलाई ३३-२३, श्रृजनशीललाई ३३-८, काठमाडौं इङ‌लिस स्कुल (केइएस) ले स्पाङ्गललाई २२-१७, हेम्सले एसियनलाई ३३-१४ र मार्वलसलाई ३९-२२ तथा अल्बर्टले सुप्रिम इन्टरनेसनललाई २५-५ ले पराजित गरे ।

जुनियर ब्वाइजमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई २१-१६, एसियन पब्लिकले लिटिल फ्लावरलाई १४-८, हेम्सले चैतन्यलाई १८-११ र सनसाइनले मार्वलसलाई २१-११ ले हराए ।

सिनियर गर्ल्समा काठमाडौं जेभियर्सले चैतन्यलाई २९-१६ र केइएसले सनसाइनलाई २६-१८ ले पाखा लगाए । प्रतियोगिताको बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेलले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगिताको सिनियर ब्वाइजमा १८ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२-१२ टिमको सहभागिता रहेको आयोजक प्याब्सन मध्य क्षेत्रीयका अध्यक्ष धनप्रसाद सुब्बाले जनाएका छन्।

प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भइरहेको छ । फाइनल मंसिर १३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *