काठमाडौं । आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले मस्याङदीलाई १३-८ ले पराजित गर्यो । रेडियन्टका लागि सेजल रोक्काले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले सेबलाई २०-१५, विस्डमले एआईलाई २५-२ र ग्रिनफिल्ड नेसनल स्कुलले आयोजक रेडियन्टलाई १६-१३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका उज्ज्वल राउतले ६, विस्डमका अंकित कार्कीले ८ र ग्रिनफिल्डका अजय मगरले ६ स्कोर गरे ।

सिनियर ब्वाइजमा आयोजक रेडियन्ट ‘ए’ ले माउन्ट ग्लोरीलाई ४९-१० तथा सभ्यता आनन्दकुटीलाई १२-८ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । रेडियन्ट ‘ए’ का नन्दन बस्नेतले १२ तथा सभ्यताका प्रज्ज्वल घलानले ४ अंक बटुले ।

सिनियर ब्वाइजमै लिग चरणको अर्को खेलमा आयोजक रेडियन्ट ‘बी’ ले एलआरआईलाई १६-११ ले पन्छायो । विजेताका रिदिज मोक्तानले ११ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *