नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले भारत भ्रमण गर्ने भएको छ ।

त्यहाँ रहँदा नेपाली महिला टिमले मैत्रीपूर्ण क्रिकेट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टिमले १३ नोभेम्मबर देखि १९ नोभेम्बरसम्म उत्तराखण्ड, बंगाल र राजस्थानको महिला टिमसँग ६ वटा खेल खेल्ने छ ।

भारत भ्रमणका लागि नेपाली टोलीको घोषणा पनि गरिएको छ । इन्दू बर्माको कप्तानीमा रहेको टोलीमा कविता कुँवर, सना प्रवीण, रुविना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, विन्दू रावल, पूजा महतो, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन् ।

नोभेम्बर १३ मा नेपालले राजस्थानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । १४ तारिखमा उत्तराखण्डसँग, १५ तारिखमा बंगालसँग, ७ तारिखमा राजस्थानसँग, १८ तारिखमा उत्तराखण्डसँग र अन्तिम खेल १९ तारिखमा बंगालसँग हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *