नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टिम चितवन राइनोजले आयोजना गरेको ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रम हेटौंडा, टाँडी र भरतपुरमा सम्पन्न भई अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो ।
यस ट्यालेन्ट हन्टले नेपालको विभिन्न स्थानबाट उदाउँदो प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्य बोकेको थियो । चितवन राइनोजले यसलाई घरेलु क्रिकेट विकास र भविष्यका स्टार खेलाडी तयार पार्ने दीर्घकालीन योजनाको हिस्साका रूपमा लिएको बताएको छ ।
सौगत ढकाल (राइट-आर्म लेग स्पिनर) आइकोनिक प्लेयर (ट्यालेन्ट हन्ट विजेता)
सक्रिय कार्की (राइट-आर्म फास्ट बलर)- डेभलपमेन्ट स्क्वाड
नरेश प्रधान (लेफ्ट-आर्म फास्ट बलर) डेभलपमेन्ट स्क्वाड
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले “ट्यालेन्ट हन्ट कार्यक्रमले फेरि प्रमाणित गरेको छ कि नेपालमा क्रिकेट खेलप्रति असाधारण क्षमता र रुचि छ । हामी यस्ता खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ ।” भने
