काभा पुरुष नेसन्स भलिबलमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ ।
बंगलादेशको मिरपुरमा सम्पन्न आफ्नो चौथो खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५-१८, दोस्रो सेट २५-१७ तथा तेस्रो सेटमा नेपाल २५-२१ ले पराजित भएको हो ।
नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको थियो। नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।
नेपालले अब अर्को खेल भोलि श्रीलंकासँग खेल्ने छ ।प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता छ ।
