काठमाडौँ । एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण बिहिवारबाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन् । उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ ।

त्यस्तै, बिहिवार नै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच हुनेछ। उक्त खेल भने अपरान्ह ४ बजे सुरु हुनेछ ।

कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको फाइनल खेल २८ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *