नेपालले काभा कप पुरुष भलिबल प्रतियोगितामा फेरि पराजित भएको छ ।
कास्थित इन्डोर हलमा सोमबार नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको हो । नेपालले खेल १८-२५, १७-२५, २०-२५ ले गुमायो ।
यो हारसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको छ । नेपालको पाँच खेलमा चार अंक रहेको छ ।
नेपाल यसअघि तुर्किमिनिस्तानसँग ३-० तथा बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको नेपालले बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।
