झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नम्बर १ मा जारी तेस्रो होक्से च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा आयोजक होक्से युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।
स्थानिय त्रिभुवन माविको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा भद्रपुरको हिमाली युनाइटेड २-१ गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलमा स्थान बनाएको छ ।
आयोजकलाई जित दिलाउन दुबै गोल श्याम मुर्मूले गरे । भद्रपुरका लागि भने प्रदिप बुढाथोकीले गोल गरे । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता श्याम मुर्मू बने । उनले नगद एक हजार पाँच सय रुपैयाँ पाए ।
प्रतियोगिता अन्तर्गत भोलि बिहिवारको दोस्रो सेमिफाइनल बिर्तामोडको पुर्वेली युवा क्लब र अर्जुनधाराको शनिश्चरे फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
होक्से युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद एक लाखसहित आकर्षक ट्रफी पाउने छ । प्रतियोगिताको फाइनल खेल असोज ११ गते हुनेछ ।
