काठमाडौं । पोखरा निन्जाजले वत्सालय एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा भव्य रुपमा अनावरण गरेको छ ।
पोखरामा नै हुन लागेको वत्सालय एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी एक भव्य समारोहबीच अनावरण गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरा निन्जाजकी ब्रान्ड एम्बेसडर सनिशा भट्टराईले संयुक्त रूपमा ट्रफीको अनावरणा गरेका हुन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आर्यलले पोखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत बताएका छन् ।
कार्यक्रममा पोखरामा रहेका विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पुजा पनि गरिएको छ ।
