मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा झापा दमकको चुलाचुली एफसी फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुकचर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सुनसरी रामधुनीको पंचायन एफसीलाई ५-२ गोलले हराउँदै चुलाचुली फाइनलमा प्रवेश गरेको हो ।

चुलाचुलीको जितमा आकाश राईले एक्लै चार गोल गर्दा रोमन भुजेलले एक गोल थपे । पंचायनका लागि युगेन राई र पुजन चौधरीले गोल गरे । खेलमा चार गोल गरेका चुलाचुलीका आकाश राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद २१०० सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबारको दोस्रो सेमिफाइनल खेल मोरङ सुन्दरहरैँचाको पूूर्वााञ्चल युनाइटेड क्लब र सुनसरी इटहरीको तालतलैया एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

नव युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । असोज १८ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *