मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा सुनसरी इटहरीको तालतलैया एफसी सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

सोमबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा आयोजक टिम नव युवा क्लबलाई ३-१ ले पराजित गर्दै तालतलैया अन्तिम चारमा प्रवेश गरेको हो ।

तालतलैयाको जितमा सिजल राई, युकेश लामा र बिजय भुजेलले समान एक गोल गरे । आयोजकका लागि सागर चौधरीले गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच तालतलैयाका सिजल राई चुनिए । उनले नगद २१०० सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो सेमिफाइनल खेल झापा दमकको चुलाचुली स्पोर्टिङ क्लब र सुनसरी रामधुनीको पंचायन एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

नव युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । असोज १८ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *