एन्फा राष्ट्रिय महिला लिग छनोटमा छहारी युवा क्लबले विजयी सुरुआत गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहीबार सम्पन्न उद्घाटन खेलमा छहारीले एफसी रिएलेलाई ३-० ले पराजित गरेको हो । जितसँगै छहारीले तीन अंक जोडेको छ ।

भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीलाई जित दिलाउन ललिता मन्डला, सुमित्रासिंह पाख्रिन सानिमा माया लोले समान एक गोल गरिन् ।

पहिलो हाफमा दुई गोल गरेको छहारीले दोस्रो हाफमा एक गोल थप्न सफल भयो ।

खेल वर्षाले प्रभावित भएपछि ३० मिनेट रोकिएको थियो। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *