माफ फुटसल मंगलबारदेखि

२०८२, २७ श्रावण सोमबार १७:२०

म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तरविद्यालय फुटसल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् ।

सिनियर र जुनियर ब्वाइजमा समान १६-१६ तथा सिनियर गल्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चारदिने प्रतियोगिताका खेलहरु धन्यन्तरी फुटसलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *