टिपटो स्पोर्ट्स एकेडेमीले सातौं हिमालय स्मृति यु-१२ फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा टिपटोले एफसी रियललाई हरायो ।
हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा नयाँपाटी फुटबल एकेडेमीले ‘फेयर प्ले’ अवार्ड प्राप्त गर्यो। यसैगरी कोशिस बुढामगर उत्कृष्ट खेलाडी तथा सोहन राजबहाक सर्वाधिक गोलकर्ता बने ।
यता गोकिपरमा प्रिन्स राहदी र प्रशिक्षकमा सचिन अमात्य उत्कृष्ट ठहरिए । एक दिने प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।
समापन कार्यक्रममा प्रतियोगिता निर्देशक राजन न्यौपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का एलिट तथा युथ प्रमुख नवीन महर्जन, प्रशिक्षक तथा एकेडेमी सल्लाहकार अनिलबहादुर गुरुङलगायतको उपस्थिति थियो ।
