न्यु जेनिथको विजयी सुरुआत

२०८२, ३ भाद्र मंगलवार १८:५६

काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुआत गरेको छ ।

भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७-३८ ले पराजित गर्यो । न्यु जेनिथका अमित तामाङले २७ अंक जोडे ।

कन्स्टिलेसनले रेडियन्ट सिनियर ब्वाइजमै पब्लिकलाई ३४-३०, राराहिलले वीरसेबालाई ४०-२०, ज्ञान निकेतनले युरो स्कुललाई ६४-५७ र स्वर्णिमले बेबी एन्जललाई ३३-१८ ले हराए । कन्स्टिलेसनका कुशल श्रेष्ठले १६, राराहिलका कृष्णले ७, ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १७ र स्वर्णिमका प्रतीक महर्जनले १७ स्कोर गरे ।

गल्समा रेडियन्ट पब्लिकले नवीनज्योतिलाई १४-६, राराहिलले न्यु जेनिथलाई १०-२, केसीसीएसले युरोलाई १४-१० र स्वर्णिमले जेसिसलाई १९-२ ले पाखा लगाए । रेडियन्टकी सेजल रोकाले ९, राराहिलकी अलिशा ओलीले ८, केसीसीएसकी पुनम महर्जनले ७ र स्वर्णिमकी हिसी ल्हामु लामाले ११ अंक बटुले ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ मा चेल्सी, रेडियन्ट, एआई, बेसिक, ब्रम्हकुञ्ज, मनास्लु, त्रियोग र एभीएम क्वाटरफाइनलमा प्रवेश गरेका छन्

प्रतियोगिताको न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जन र एडमिन हेड पुष्पलाल श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । न्यु जेनिथ कपअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

सिनियर ब्वाइज बास्केटबलमा २४ तथा गल्समा १२ टिमले भाग लिएका छन् । ब्वाइज फुटसलको यु-११ मा १३, यु-१३ मा १५ र यु-१६ मा १६ टिम सहभागी छन् । प्रतियोगिता भदौ १० गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *