ज्ञानोदय क्वाटरफाइनलमा

२०८२, १४ भाद्र शनिबार २०:१३

आयोजक ज्ञानोदय ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ४९-१७ ले सहजै पराजित गर्यो । ज्ञानोदयका सोनी पुरीले १८ १८ अंक जोडे ।

सोही स्पर्धामा टीआईएले ओएसिस्लाई ५९-३७, मल्पी सिटीले लिटिल एन्जल्स (एलए) लाई ५४-२३, हिमालयले मल्पी इन्टरनेसनललाई ६६-३७, पुष्पसदनले आईडियल मोडेललाई ४८-४६ र बाल दीक्षा सदनले रातो बंगलालाई ३४-१६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज फुटबलमा बृहस्पतिले द एक्सेल्सियर स्कुललाई ५-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो । बृहस्पतिका तेलाजियोन गुरुङले २ तथा सौरिस श्रेष्ठ र आरभजंग कार्की समान १-१ गोल गरे । एक गोल आत्माघाती थियो । एक्सेल्सियरका आयान महर्जनले सान्त्वाना गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *