काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा ग्यालेक्सीले राराहिललाई ९-३ ले पराजित गर्यो । ग्यालेक्सीकी झाङजोम डोल्कीले ४ स्कोर गरिन् ।
यससंगै सिनियर गल्सको क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनलमा ग्यालेक्सीको भेट युरो स्कुलसंग हुनेछ । अन्य क्वाटरफाइनल स्वर्णिम र रेडियन्ट पब्लिक, केसीसीएस र राराहिल तथा रिब्स र जेसिसबीच हुनेछ ।
सिनियर ब्वाइजमा ब्राइट होराइजनले नवोदितलाई ४०-१६, कश्यपले गुरुकुलमलाई ३६-२६, राराहिलले ग्यालेक्सीलाई ४४-४२ र युरोले हार्टल्यान्ड एकेडेमीलाई २८-२१ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे । ब्राइट होराइजनका मनताराले १३, कश्यपका इशान तिमिल्सिनाले २४, राराहिलका कृष्ण विकले १८ र युरोका स्पर्श प्रधानले १६ अंक जोडे ।
सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल पिपुल्स एकेडेमी र आनन्दकुटी, आयोजक न्यु जेनिथ र कश्यप, मनास्लु र पुष्पसदन, स्वर्णिम र ग्यालेक्सी, राराहिल र बेबी एन्जल, ब्राइट होराइजन र युरो, ज्ञान निकेतन र भ्याली भ्यु तथा कन्स्टिलेसन र एनआईसी एकेडेमीबीच हुनेछ ।
न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ मा चेल्सी वल्ड स्कुलले मनास्लुलाई ४-१, एआईले एभीएमलाई २-०, रेडियन्टले ब्रम्हकुञ्जलाई ३-२ (टाइब्रेकर) र बेसिक लर्निङले त्रियोगलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु-१३ मा प्याराडाइसले रिब्सलाई १-०, ब्राइट होराइजनले एआईलाई २-१, हार्टल्यान्डले ग्यालेक्सीलाई ३-० र विद्यावाणीले निसर्ग वाटिकालाई ५-२ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । यु-१६ मा रिब्सले हार्टल्यान्डलाई ३-२ (टाइब्रेकर), ब्रम्हकुञ्जले निर्मल ज्योतिलाई ४-०, निसर्गले ग्यालेक्सीलाई १०-९ (टाइब्रेकर) र मनास्लुले ग्रिन भिलेजलाई २-० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे ।
