काठमाडौं । नेरिक एकेडेमी र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा नेरिकले चैतन्यलाई ३७-३१ ले पराजित गर्यो ।

नेरिकका आयुब लामाले १० अंक योगदान गरे । केभिन चौलागाईंको १० अंक सहयोगमा एन्जल लर्डले सर्वनम शिक्षालयलाई ५०-३२ ले हरायो । ब्वाइजमै काठमाडौं जेभियर्स पब्लिक स्कुल र नेमोनिक मोर्डन एकेडेमी पनि सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

काठमाडौं जेभियर्सले टाइमलाइनलाई ४५-१६ तथा नेमोनिकले बागमती बोर्डिङ स्कुललाई ५३-२४ ले पाखा लगाए । काठमाडौं जेभियर्सका दिलिस गौतमले १५ तथा नेमोनिकका रेनिश लामाले २४ स्कोर गरे ।

गर्ल्समा नेमोनिक, बाल संसार, बागमती र काठमाडौं जेभियर्स यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *