काठमाडौं । आयोजक ज्ञानोदय र टीआईएले ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको ब्वाइजमा बुधबार जित हात पारेका छन् । खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले स्वस्तिश्रीलाई ४८-१९ ले पराजित गर्यो।
ज्ञानोदयको जितमा अर्नव खड्काले १२ अंक योगदान गरे । रोशन नगरकोटीको १४ अंक सहयोगमा टीआईएले जेम्सलाई ३५-१८ ले हरायो ।
ब्वाइजमै ज्ञान निकेतनले रेडियन्ट पब्लिकलाई ५४-४७ ले पाखा लगायो । ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे । ग्ल्समा रेडियन्ट पब्लिकले बौद्ध इन्टरनेसनललाई १९-१२ ले पन्छायो । रेडियन्टकी सोनु तामाङले ८ अंक जोडिन् ।

कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) ले ज्ञानोदयलाई ३-१ गोलले पराजित गर्यो । एलएका मेसी राई, सौगात मगर र स्मिथ रावतले समान १-१ गोल गरे ।
