काठमाडौँ । केभीकेएसएस र भ्याली पब्लिक १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

केभीकेएसएसले तेजस्वीलाई २०-१५ तथा भ्याली पब्लिकले बेलमोन्टलाई ३२-२५ ले पराजित गरे । केभीकेएसएसकी पूजा गुरुङ तथा भ्याली पब्लिककी दृष्य गुरुङले समान ८-८ अंक जोडे। सोही स्पर्धामा आयोजक ग्रिनल्यान्डले न्युटनलाई ३५-२७ ले हरायो । ग्रिनल्यान्डकी आहाना खड्काले १९ स्कोर गरिन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा न्युटनले लालीगुराँस नेसनल एकेडेमीलाई ५५-४५, गण्डकीले पारामाउन्टलाई ४१-३५, जिनियस वल्डले स्वेता सदनलाई ४३-३८, किङङमले सेबलाई ४४-३९ र भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३९-३४ ले पाखा लगाए। न्युटनका उज्ज्वल श्रेष्ठले १४, गण्डकीका मनोज गुरुङले १२, जिनियसका मासुम रेजाले १३, किङङमका मिङमार छिरिङले १२ र भ्याली पब्लिकका अशोक विकले १४ अंक बटुले ।

जुनियर ब्वाइजमा न्युटनले बीएनएलाई ३०-२९ तथा एन्जल्स हार्टले पारामाउन्टलाई २३-१९ ले पन्छाए । न्युटनका आशिष राईले ११ तथा एन्जल्स हार्टका रियाज केसीले ७ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *