काठमाडौँ । काठमाडौं जेभियर्स पब्लिक स्कुल दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा काठमाडौं जेभियर्सले इस्टपोललाई २२-७ ले पराजित गर्यो । काठमाडौं जेभियर्सकी नेहा मेहताले ८ अंक जोडिन् ।
सिनियर गल्समै पल्स एकेडेमीले आकाशदीपलाई २६-१०, लोर्डस् लाइट एकेडेमीले नेमोनिकलाई २५-२४ र भेनसले मनकामनालाई १५-७ ले हराए । पल्सकी सुप्रज्ञा दंगालले १४, लोर्डस् लाइटकी डोमी शेर्पाले १५ र भेनसकी अस्मिता तामाङले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा यङ हार्ट्सले भेनस पब्लिकलाई ३५-१३, काठमाडौं जेभियर्सले क्रिस्टिएनलाई ६२-४०, टाइमलाइनले पल्स एकेडेमीलाई २७-२० र नेरिक एकेडेमीले मार्वलस एकेडेमीलाई २४-२२ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यङ हार्ट्सका पासाङ छिरिङले १७, काठमाडौं जेभियर्सका सोहन भुजेलले २२, टाइमलाइनका प्रनिम पाख्रिनले १२ र नेरिकका आयुब लामाले १० अंक बटुले ।
