एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु-२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङका अन्तराष्ट्रिय को-ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् ।

एसियन बक्सिङ‌को आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४:१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५-० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थिए । अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५-० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *