काठमाडौं । एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेड र न्यूरोट टिम एनआरटीले सहज जित हासिल गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रिएलेविरुद्ध ६-० को जित निकालेको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन सुजता फालुङ्‌वा र आशिका थापाले समान दुई तथा मनिषा तुमरोक र वर्षा ओलीले गोल गरे। यससँगै चर्च ब्वाइजले तीन अंक जोडेको छ। दुवै खेलमा पराजित रिएले अंकविहीन छ ।

यस्तै, दोस्रो खेलमा एनआरटीले नेपाल खेलकुद क्लब महिला टिमलाई ३-१ गोलले पराजित गर्यो ।

एनआरटीको जितमा सजिना स्याङबो, प्रतिक्षा ठकुरी र संगिता कुरमारी मल्लले गोल गरिन् । यी तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

भारी वर्षाको कारण खेल केही समय रोकिएको थियो । जितसँगै समूह बी को एनआटीले तीन अंक जोड्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *