काठमाडौँ । एचएचसीए र सेबले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सफलता पाएका छन् ।
एचएचसीएले आयोजक ग्रिनल्यान्डलाई ४१-२९ ले पराजित गर्यो । एचएचसीएका युकेन्द्र लिम्बूले १४ अंक जोडे । सेबले स्किब्सलाई ४३-३६ ले हरायो । सेबका मनीष गुरुङले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै न्युटनले हेम्सलाई ५८-५७ तथा किङङमले फेरिल्यान्डलाई ४०-१२ ले पाखा लगाए । न्युटनका उज्ज्वल लामाले १७ तथा किङङमका मिङमार लामालले १७ अंक बटुले ।
गल्समा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १२-५, न्युटनले नव दीक्षितलाई २२-६, फेरिल्यान्डले ज्ञान संस्कारलाई १७-१२, भ्याली पब्लिकले केभीकेएसएसलाई २६-५ र ग्रिनल्यान्डले ल्यान्डमार्कलाई २५-१० ले पन्छाए । तेजस्वीकी एस्थर बरुवालले ९, न्युटनकी दिपसना ठकुरीले ८, फेरिल्यानडकी सन्दिपा राईले १३, भ्याली पब्लिककी लोरिशा गौचनले १० र ग्रिनल्यान्डकी प्रियंका चन्दले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमीले बीएनएलाई १८-१३, न्युटनले तेजस्वीलाई ३६-२४ र हिमालयनले भ्याली पब्लिकलाई २०-१५ ले पराजित गरे ।
पारामाउन्टका सुदिप घलेले १०, न्युटनका आशिष राईले १० र हिमालयनका पारसमणि चौधरीले ७ अंक बटुले ।
