नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु-१४ टोलीले उपाधि जितेको हो ।
उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३-० गोलले पराजित गर्यो ।
विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान १-१ गोल गरे ।
