अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’ कार्यक्रमको औपचारिक सुरुवात अघि पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

कार्यक्रममा एन्फाका महासचिव किरण राई, फिफा फुटबल फर स्कुल्स कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनी र एन्फाका प्रवक्ता सुरेश शाहको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा महासचिव राई र म्यानेजर एन्टोनियोले कार्यक्रमबारे विस्तृत जानकारी दिँदै यसले नेपालमा विद्यालय तहमा फुटबललाई समावेश गर्ने लक्ष्य राखेको स्पष्ट पारे । उनीहरूले विद्यालयको पाठ्यक्रमसँगै खेल समावेश गरी विद्यार्थीमा जीवन उपयोगी सीप विकास गर्नुका साथै देशमा ग्रासरूट फुटबलको विकासमा टेवा पुग्ने उल्लेख गरे ।

नेपालमा यो कार्यक्रम आगामी साउन १५ गते बिहीबार (जुलाई ३१, २०२५) का दिन दशरथ रंगशालामा औपचारिक रूपमा सुरु गरिनेछ ।

फिफा फुटबल फर स्कुल्स कार्यक्रमले विद्यार्थीहरूलाई खेलमार्फत नेतृत्व, सहकार्य, अनुशासन र आत्मविश्वासजस्ता सीप सिकाउने लक्ष्य राखेको छ । एन्फाको सहकार्यमा नेपालमा यस कार्यक्रमले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *