नेपाल पौडी संघको आयोजनामा प्रथम अन्तर विद्यालय उमेरसमूह पौडी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी २ दिने प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले विद्यालय अभिभावकको महत्वपूर्ण भूमिका रहेको बताए । र पौडीको विकासः विस्तारमा प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताले विद्यालय तहमा पौडी खेलको विकासमा सहयोग पुग्ने विश्वास रहेको संघका सदस्य एवं प्रतियोगिता संयोजक मुखिया लामाले बताए । पहिलो दिन २६ स्पर्धाको फाइनल भयो ।
पहिलो दिन भएका स्पर्धाका विजयी खेलाडीलाई नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक मुखिया लामा र मातृका अस्पतालका प्रबन्ध निर्देशक सोना प्रधानलगायतले पुरस्कार प्रदान गरे ।
