विभूषण कोइराला

नेपालीमा एउटा भनाइ छ, “यदि तपाईं सफल हुनु छ भने, तपाईंले सपना देख्नुपर्छ।” त्यही भनाइलाई प्रमाणित गर्ने उद्देश्यले प्रकाश भट्ट दिनरात मेहनत गरिरहेका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा खेल्ने सपना देखेका भट्ट हाल आइओएम महाराजगञ्जमा मेडिकल पढिरहेका छन्।

मेडिकलजस्तो गम्भीर विषय पढ्दै पनि क्रिकेटलाई समय दिन कहिल्यै पछाडि नहटेका प्रकाशले क्रिकेट कसरी सुरु गरे त? आउनुहोस्, बुझौँ:

क्रीकेटको सुरुवाती दिन:

प्रकाश सानो उमेरदेखि नै क्रिकेटमा भिजिसकेका थिए। उनी विद्यालयमा हुँदा छुट्टी हुनासाथ क्रिकेट खेल्न निस्किन्थे। बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म विद्यालय भए पनि उनी ४ बजेदेखि ७ बजेसम्म भने क्रिकेट मैदानमै हुन्थे।

सानै उमेरदेखि क्रिकेटमा डुबेका प्रकाशले आफ्नै विद्यालयको टिमबाट खेलेका थिए र त्यहाँबाट प्रशंसा मात्र पाएका थिए। त्यही प्रशंसाले उनलाई खुशी दिन्थ्यो भने दुःखले पनि पर्वत झैं चुनौती पार गर्न प्रेरित गर्थ्यो ।। सोही प्रशंसाले गर्दा प्रकाशले क्रीकेटको सपना बुन्न थाले ।

पढाइ र क्रीकेट:

आइ.ओ.एम महाराजगञ्जमा मेडिकल अध्यन गर्दै आएका प्रकाशलाई क्रीकेट र पढाइ एकैसाथ लिएर हिंड्न् त्यति सहज भने छैन। उनी भन्छन्, “पढाइ र मेडिकललाई लिएर हिंड्न् त्यति सजिलो पक्कै छैन तर असम्भव पनि छैन।”

प्रकाशले आइओएम पहिरनमा आफ्नो शैक्षिक सपना पछ्याउँदै

पढाइलाई क्रीकेट सँगै लग्न इच्छा र चाहना हुनु त्यो एक न एक दिन अवस्थ पूरा हुन्छ भन्ने सोचलाई नै लिएर प्रकाश एनपीएलको सपना देखीरहेका छन।

उनी र उनको प्रेरणा:

हारदेखि कहिल्यै नहार्ने र थकाइ देखि कहिल्यै नथाक्ने प्रकाशले आफ्नै बुवादेखि प्रेरणा लिएको बताउछन् । “बुवाले सानै देखि मेहनत गर्नु पर्छ, मेहनत नगरे केही हुन्न भनेर भन्नू हुन्थ्यो ।” प्रकाशले बताए ।

सानै देखि मेहनत गर्नु पर्छ भनेर बुवाले भन्नू भएको कारणले पनि प्रकाशलाई अहिले मेहनत गर्न भन्नू पर्दैन, उनी आफै मेहनत गर्छन् ।

सी.ई.सीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लसँग प्रकाश

त्यस्तै , मेडिकल बिषय अध्यन गर्दै नेपाली क्रीकेट टिमबाट खेलीसकेका बागमती प्रदेशका बायाँ हाते ब्याटर इशान पाण्डेले पनि प्रकाशलाई प्रेरित गरे । मेडिकल पढेर पनि क्रीकेट खेल्न सकिन्छ भनेर इशानलाई नै देखेर थाहा पाएको उनले बताउछन् । क्रीकेट र पढाइ सँगै लिएर हिडेका इशान पाण्डे अहिले डा. इशान पाण्डे बनीसकेका छन ।

लक्ष्य भबिस्यको:

एकचोटि क्रीकेटना डुबीसकेपछी सबै ब्याक्तीको सपना नेपाल बाट खेल्ने नै हुन्छ । त्यस्तै सपनापनि प्रकाशको छ । उनले नेपालबाट खेल्ने र नेपाली क्रीकेटलाई विश्वकप जिताउने अठोट लिएका छन । क्रीकेटको साथ साथै उनलाई पढाइ पनि पूरा गर्न र मान्छेहरुको सेवा गर्नु छ । तर एकैपटकमा त्यो सपना पूरा हुन्न भन्ने कुरापनि उनले बुझेका छन् । यदी एनपीएलमा राम्रो गरे मात्र राष्ट्रिय टिमको ढोका खुल्ने कुरालाई मनमा राखेर नै उनले आफ्नो पहिलो लक्ष्य एनपीएल खेल्ने राखेका छ।

एनपीएल खेल्न कति समय लाग्ला ?

प्रकाशले अहिले जुन प्रकारले मेहनत गर्दै आएका छ र जुन त्याग उनले क्रीकेटको लागि गरेका छन त्यही कुरालाई निरंतरता दिन सके उनी यही एनपिएल खेल्न सक्ने बताउँछन । उनले आफ्नो कमजोरीमा काम गरे र सो कुरामा मेहनत गरे उनी एनपीएल खेल्ने कुरामा निर्धक्क छन् । आफ्नो स्किलमा बिश्वास राख्ने प्रकाशले आफु धेरै सिक्न खोज्ने मान्छे रहेको बताउछन् । उनी भन्छन, “यदी मेरो २ खेल नराम्रो भएपनी म तेस्रो खेलमा राम्रो गर्न सक्छु ।”

लगातारको मेहनत र त्यागले क्रीकेटको सपना देखेका प्रकाश साच्चै नै नाम जस्तै , नेपाली क्रीकेटमा प्रकाश बाल्न चाहन्छन् । उनले गरेको मेहनतले एक दिन अवस्य फल पाउनेमा हामी खेलचौतारी दुक्क छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *