न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा लगातार चौथो जित हासिल गरेको छ ।
न्युजिल्याण्डले आज घरेलु टोली जिम्बाब्वेले पराजित गरेको हो । सिरिजको अन्तिम लिग खेल सहित जिम्बाब्वेले खेलेका चारै खेलमा पराजित भयो ।
हरारेमा भएको सिरिजको आफ्नो चौथो खेलमा जिम्बाब्वे न्युजिल्याण्डसँग ६० रनले पराजित भएको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनमा समेटियो ।
जिम्बाब्वेका लिग टोनी मुन्योङ्गाले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४० रन जोडे । ओपनर डिन मेयर्स १८ बलमा २२ तथा टासिंगा मुसेकिवा २१ रनमा आउट भए ।
न्युजिल्याण्डलाई अर्को सहज जित दिलाउन इश सोढीले ४, म्याट हेनरीले २ तथा जाकरी फुल्क्स र मिचेल ब्रेसवेलले समान १ विकेट लिए ।
त्यसअघि हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
न्युजिल्याण्डका टिम साईफर्ट र रचिन रविन्द्रले अर्धशतक बनाए । साईफर्ट ४५ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७५ रन जोडे
दोस्रो विकेटका लागि साईफर्ट र रविन्द्रले १ सय ८ रनको शतकीय साझेदारी गरे । रविन्द्र ३९ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए ।
मिचेल ब्रेसवेल १६ बलमा २६ रनमा अविजित रहँदा टिम रोबिन्सन १० रनमा आउट भए । जिम्बाब्वेका रिर्चाड नगर्भाले ४ तथा टिन्टेन्डा मपसाले २ विकेट लिए ।
यो खेलसँगै त्रिकोणात्मक सिरिजको लिग चरण समाप्त भएको छ । सिरिजको लिग चरणमा शीर्ष दुई रहेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका फाइनल पुगिसकेका छन् ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधिका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल शनिवार हुनेछ ।
