एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२५ मा भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

एसिसीले शनिवार जारी गरेको एसिया कपको समूह विभाजनमा भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् ।

युएईमा सेप्टेम्बर ९ देखि सेप्टेम्बर २८ सम्म हुने पुरुष एसिया कपमाको भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ मा हुनेछ ।

केहीदिन अघि बसेको एसिसीको बोर्ड बैठकले १७औं संस्करणको एसिया कपको मिति घोषणा गरेको थियो । टि ट्वान्टी विश्वकपलाई ध्यानमा राख्दै एसिया कप सोही ढाँचामा खेलाइनेछ । एसिया कपमा पहिलो पटक ८ टोली समावेश हुनेछन् ।

‘ए’ मा ओमान र आयोजक युएई समावेश पनि छन् । समूह ‘बी’ मा अफगानिस्तान, श्रीलंका, बंगलादेश र हङकङ छन् । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।

समूहका शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्ने छन् । सुपर चारको शीर्ष स्थानमा रहने दुई टोलीका बीचमा सेप्टेम्बर २८ मा हुनेछ ।

एसिया कपमा एसियाका टेस्ट मान्यता पाएका ५ टोली तथा एसिसी प्रिमियर कपमा शीर्ष ३ युएई, ओमान र हङकङ छन् ।

भारत एसिया कपको साविक विजेता हो । सन् २०२३ मा श्रीलंकालाई हराउँदै भारत च्याम्पियन बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *