नेपाली राष्ट्रिय टोलीका स्पिनरद्वय ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा ललितले २९ स्थान सुधार गरेका हुन् । नयाँ वरीयता अनुसार ललित ५४औं स्थानमा छन् ।

यस्तै, सन्दीपले एकैपटक ४१ स्थान सुधार गरेका छन् । यसअघि १०० भन्दा बाहिर रहेका सन्दिप नयाँ वरीयतामा ७५औं स्थानमा आइपुगेका छन् ।

यी दुईबाहेक कुनै पनि नेपाली बलर शीर्ष १०० मा पर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *