नेपाली राष्ट्रिय टोलीका ब्याटर आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा ब्यापक सुधार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा आरिफ १३ स्थानमाथि उक्लेका छन् ।
नयाँ वरियतामा आरिफ ९०औं स्थानमा पुगेका छन् । यसअघि उनी शीर्ष १०० बाट बाहिर थिए । ब्याटिङ बरियतामा ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औं स्थानमा पुगेका छन् ।
अर्का ओपनर आसिफ शेखको वरीयता भने खस्किएको छ। उनी ९० बाट ९४औं स्थानमा पुगेका छन् । कप्तान रोहितकुमार पौडेल एक स्थान खस्किँदै ९९औं स्थानमा पुगेका छन् ।
टि-२० आईको ब्याटिङ बरियतामा भने कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३औं स्थानमा पुगेका छन् । टि-२० आईको ब्याटिङ वरीयतामा कप्तान रोहितकुमार पौडेल दुई स्थान खस्किएर ६६औं स्थानमा पुग्दा आसिफ शेख पनि दुई स्थान खस्किँदै ७७औं स्थानमा पुगेका छन् । दीपेन्द्रसिंह ऐरी भने ६१औं स्थानमा कायम छन् ।
टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्र तेस्रो स्थानमा यथावत छन् भने बलिङतर्फ एक स्थान तल झर्दै ८१औं स्थानमा पुगेका छन् ।
अलराउन्डर वरीयतामा कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ३२औं स्थानमा उक्लिएका छन् । गुल्शन झा ८ स्थान खस्किँदै ६१औं स्थानमा पुगेका छन् भने रोहित पौडेल पाँच स्थान ओरालो लाग्दै ६६औं स्थानमा पुगेका छन् । टोलीबाहिर रहेका कुशल मल्ल ६७औं स्थानमा छन् । करण केसी ८१औं स्थानमा छन् ।
टि-२० आई बलिङ वरीयतामा सन्दीप लामिछाने एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिए भने ललितनारायण राजवंशी २९ स्थान सुधार गर्दै ५४औं स्थानमा पुगेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ भने टी–२० वरीयतामा नेपाल १८औं स्थानमा यथावत् छन ।
