नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम काठमाडौं गोर्खासले ६ खेलाडीलाई रिटेन गरेको छ ।
काठमाडौंले दोस्रो संस्करणको एनपीएलका लागि मार्की र कप्तान करण केसीसहित ६ खेलाडीलाई रिटेन गरेको हो ।
काठमाडौंले करणसहित शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्कीलाई रिटेन गरेको छ ।
कुल ६ खेलाडीलाई रिटेन गरेको काठमाडौंले सुमित महर्जनसहित ६ खेलाडीलाई भने रिजिल गरेको छ । रिलिज हुने अन्य खेलाडीमा कृश कार्की, कृष्ण कार्की, राजु रिजाल, शंकर राना र विवेक केसी छन् ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र लुम्बिनी लायन्सले पनि रिटेन र रिलिज खेलाडीको सुची यसअघि नै सार्वजनिक गरिसकेको छ ।
