आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा अभ्यास सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार विज्ञप्ति जारी गर्दै अगस्ट १४-२४ सम्म डार्विनमा हुने टप इन्ड टी–२० सिरिजमा नेपालको पनि सहभागिता रहने जानकारी दिएकाे हाे । नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तिमा ६ टि-२० खेल खेल्नेछ ।

अष्ट्रेलियाको मैदानमा प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठूलो अवसर हुने क्यानले जनाएको छ । टप एन्ड टी–२० सिरिजको पूर्ण तालिका र सहभागी टिमहरूको सूची चाँडै सार्वजनिक गरिने क्यानले जानकारी दिएको छ ।

त्यसअघि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्नेछ ।

वेस्ट इन्डिजसँग खेलेपछि नेपाल टि-२० विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टिम आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *