अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-२० महिला च्याम्पियनसिप आगामी असार २७ गतेदेखि साउन ५ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।
एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै जेठ ५ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ ।
छनोट जेठ ५ देखि ६ सम्म एन्फा एकेडेमी मैदान धरान, जेठ ८ देखि १० सम्म कर्णाली रंगशाला सुर्खेत तथा जेठ ११ देखि १४ सम्म एन्फा मुख्यालय मैदान सातदोबाटोमा हुनेछ ।
एन्फाका अनुसार छनोटमा सहभागी हुन २०६२ पुस १७ देखि २०६५ पौष १६ गते भित्रको जन्ममिति हुनुपर्ने छ । यसैगरी खेलाडीले खेलाडीले जन्मदर्ताको पत्रमाण पत्र, नागरिकता वा पासर्पोट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
