विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४-१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबीच १-१ गोलको बराबरी भएपछि खेलको निर्णयय टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ दि म्याच हाम्रो धरानका विकाश लामा घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक मिल्स भेट्रान्स क्लब र मोरङको सुन्दरहरैचा भेट्रान्स क्लब भिड्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *